नेपालमा फेरि बढ्न थाल्यो कोभिडः एकैदिन ४५७ जनामा संक्रमण,एकको मृत्यु

काठमाडौं।पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टीजेन परीक्षण गरिएको थियो।पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टीजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको छ।
यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ।हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर