दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

काठमाडौं।शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बीच भेटघाट भएको छ।
उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिवार बिहान पुनः भेटघाट भएको हो।सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थीति रहेको थियो।शुक्रवार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवा बीच भेटवार्ता भएको थियो।
प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर