श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

एजेन्सी। श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ।

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन्।

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ।

यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए।

उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन्।