दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं।आकर्षक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिबेसी गाउँपालिका–९ घर भइ हाल काठमाडौंको चाबहिल बस्‍ने २७ वर्षीय विकास थापा रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो।

उनले दुबई पठाइदिने भन्‍दै दुई जनाबाट ११ लाख रुपैयाँ ठगी गरेका थिए।