यूएईका जेलमा रहेका नेपालीलाई दुर्गा प्रसाईंले छुटाउने !

यूएईका जेलमा रहेका नेपालीलाई दुर्गा प्रसाईंले छुटाउने !

काठमाडौं। नेपालका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (यूएई) को कारागारमा कैदी जीवन बिताइरहेका नेपालीलाई स्वदेश फर्काउन आफूले पहल गरिरहेको बताएका छन्।

यूएईका विभिन्न जेलमा रहेका निर्दोश नेपालीहरुलाई स्वदेश फर्काउन पहल भइरहेको उनको भनाइ छ।

यूएईको दुबई राज्यका राजकुमार जुमा अल मुक्तमसँग उनकै निवासमा भेटवार्ता गरेर नेपाली श्रमिकहरुका विषयमा छलफल गरेको प्रसाईंले बताएका छन्।

भेटमा यूएईमा कार्यरत नेपाली श्रमिकहरुको रोजगार व्यवस्थापनका विषयमा पनि छलफल भएको उनको भनाइ छ। यस्तै यूएईमा मृत्युवरण गरेका नेपाली श्रमिकको शव व्यवस्थापन तथा नेपाल ल्याउने विषयमा समेत छलफल भएको प्रसाईंले बताएका छन्।

राजकुमार मुक्तम प्रसाईंको निमन्त्रणामा केही समयअघि नेपाल भम्रणमा समेत आएका थिए। त्योबेला उनले प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए। प्रसाईंले भने उक्त लौरो सुनको नभएको बताउँदै आएका छन्।

प्रसाईंले राजमुमार मुक्तमलाई पुन : नेपाल भ्रमणको लागि निम्तो गरेका छन्। राजकुमारले आफूलाई नेपाल र नेपाली मन परेकाले सम्भवत आगामी अक्टोबर नेपाल भ्रमणमा आउने जानकारी गराएको प्रसाईंले बताएका छन्।

प्रसाईंले राजकुमार मुक्तमसँग मिलेर दुबईमा मेडिकल कलेज खोल्ने यसअघि नै घोषणा गरेका छन्।

यो पनि पढ्नुहोस्

व्यवसायी प्रसाईंको निमन्त्रणमा दुबईका राजकुमार झापामा

व्यवसायी दुर्गा प्रसाईँलाई दुबईका राजकुमारले दिए सुनको लौरो

गृह भन्छ- दुबईका ‘भिआइपी’बारे कुनै जानकारी छैन, कार्यक्रमाथि रोक लगाउने कुरा पनि हुँदैन

बालकोटमा दुबईका राजकुमार, ओलीलाई भने–‘यूआर भिजनरी लिडर’