कतारका लागि नवनियुक्त राजदूत ढकालले सम्हाले कार्यभार
दोहा । कतारका लागि नेपाली नवनियुक्त राजदूत नरेश विक्रम ढकालले कार्यभार सम्हालेका छन्।
बुधवार दोहास्थित नेपाली दूतावासमा उनले कार्यभार सम्हालेका हुन् ।
राजदूत ढकाललाई दूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीले स्वागत गरेका थिए।
राजदूत ढकाललाई स्वागत गर्दै नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल–कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए।
पदभार ग्रहण गर्दै राजदूत ढकालले दूतावासको सेवाप्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल–कतार सम्बन्धलाई मजबुद बनाउन आफू केन्द्रित रहने बताए।
यसअघि कतारका लागि डा. नारदनाथ भारद्धार राजदूत थिए। ओली सरकारकाे पालमा नियुक्त भएका उनलाई कार्यकाल पूरा नहुँदै देउवा सरकारले फिर्ता बोलाएको थियो।