श्रममन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तबीच छलफल

श्रममन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तबीच छलफल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

सोमबार मन्त्रालयमा भएको भेटवार्तामा भारतमा काम गर्ने नेपालीको कामदारको सुरक्षाका विषयमा छलफल भएको छ।

भेटमा मन्त्रीले भारतसँग नेपालको बषौं देखिको सामाजिक, पारष्परिक सम्बन्ध रहेकाले आगामि दिनमा पनि यस्को निरन्तरताको अपेक्षा गरे।

यस्तै उनले भारतले अहिलेसम्म नेपालाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिए।

मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताए।

भारतीय राजदूत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौ देखि सहयोग गर्दै आएको बताए।

उनले भारतमा रहेका कामदारको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको पनि जानकारी गराए।

भेटमा एक अर्काबीच मायाको चिनो पनि आदान प्रदान गरिएको थियो।