युरोपमा एनआरएनए विज्ञ सम्मेलन, ६ देश इच्छुक

युरोपमा एनआरएनए विज्ञ सम्मेलन, ६ देश इच्छुक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति युरोपले विज्ञ सम्मेलनको गर्ने भएको छ।

शनिबार बसेको संघको युरोप क्षेत्रीय बैठकले ११ औं क्षेत्रीय भेला र विज्ञ सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

संघका युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाका अनुसार सम्मेलनको स्थान र मिति भने अझै तय भइसकेको छैन।

‘स्थान र मिति फाइनल भएको छैन। आगामी सेप्टेम्बरभित्रै गर्ने गरी तयारी थालेका छौं,’ संयोजक सापकोटाले प्रवास खबरलाई जानकारी दिदैँ भने।

सम्मेलन आयोजना गर्न युरोपका विभिन्न ६ वटा मुलुकले इच्छा देखाएका छन्। स्पेन, बेल्जिय, स्वीडेन, चेक गणतन्त्र नेदरल्याण्ड र पोर्चुगलले सम्मेलनको व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताएका छन्।

शनिबारको बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्वय सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ। आपसी सहमतिको आधारमा सम्मेलनको मिति र स्थानको टुंगो लगाइने संयोजक सापकोटाले बताए।

सम्मेलनलाई सफल बनाउन बैठककले एक कार्यदल समेत गठन गरेको छ। जसमा चिरन्जीवी खड्का ( चेक गणतन्त्र), राजु अर्याल (नर्वे) र नवराज रोसियारा (जर्मनी) रहेका छन्।