१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा महिला पक्राउ

बैंकक। बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन्।
जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन्।
एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ।
लगेजमा दुईवटा सेतो दुम्सी, दुई ओटा सालक, ३५ वटा कछुवा, ५० वटा छेपारो र २० वटा सर्प फेला पारेका थिए।
जनाबर तस्कर गर्ने महिला नित्या राजा र जाकिया सुल्थाना इब्राहिम रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। उनीहरू चेन्नईको लागि उडानमा सवार थिए।
उनीहरुलाई २०१९ को वन्यजन्तु संरक्षण तथा संरक्षण ऐन, २०१५ को पशु रोग ऐन र २०१७ को भन्सार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।
ताजा अपडेट
