अमेरिकालाई नेपालको पत्र : एसपिपीमा आवद्ध हुँदैनौं

अमेरिकालाई नेपालको पत्र : एसपिपीमा आवद्ध हुँदैनौं

काठमाडौं। नेपालले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा आवद्ध नहुने पत्र पठाएको छ। नेपालले एसपिपीमा आवद्ध नहुने मन्त्रिपरिषद निर्णयसहितको पत्र अमेरिकालाई पठाएको हो।

गृहमन्त्री बालकृष्ण खाँणले एसपिपीमा आवद्ध नहुने मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी दिएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले एसपिपीमा आवद्ध नहुने पत्र अमेरिकी सरकारलाई पठाइएको बताए।

‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदनप्रदानको सन्दर्भमा स्टेट पार्टनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभर एउटा चर्चाको विषय थियो। सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आयो,’ खाँणले भने,‘मन्त्रिपरिषदले नै स्टेट पार्टनरसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो। त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं।’

असार ६ गते बसेको मन्त्रिपरिषद बैठकले एसपिपीमा सहभागी नहुने निर्णय गरेको थियो।