राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको आर्थिक सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको आर्थिक सहयोग

गैर आवासीय नेपाली संघ(एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।

बालुवाटारस्थित एनआरएनएको कार्यालयमा आयोजित एउटा कार्यक्रममा अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनलाई चेक हस्तान्तरण गरेका हुन्।

संघले आविष्कार केन्द्रलाई संघले १२ लाख ८७ हजार ५८० रूपैयाँ सहयोग गरेको हो। कार्यक्रममा संघका उपाध्यक्ष महेश श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले गरेका थिए।

सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनएका अध्यक्ष आचार्यले आगामी दिनमा पनि संघले आविष्कार केन्द्रसँग सहयोग र सहकार्य बढाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा आविष्कार केन्द्रका महाविर पुनले नयाँ- नयाँ ज्ञान र प्रविधि देशमा भित्राउन गैरआवासीय नेपाली संघको साथ र सहयोगको अपेक्षा गरे।

‘यस्ता आविस्कार देशका हरेक ठाउँमा खोल्नुपर्ने आवश्यकता छ। देशभर उद्यमीहरू जन्मिएमात्रै देशको आर्थिक समृद्धि सम्भव हुन्छ’ उनले भने ‘त्यसका लागि हामी गैरआवासीय नेपालीसँग देशको समृद्धिका लागि हातेमालो गर्न चाहन्छौं।’