बालकोटमा दुबईका राजकुमार, ओलीलाई भने–‘यूआर भिजनरी लिडर’

बालकोटमा दुबईका राजकुमार, ओलीलाई भने–‘यूआर भिजनरी लिडर’

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई राज्यका राजकुमार जुमा अल मोक्तुम र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राजुकमार मोक्तुम पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार साँझ बालकोट पुगेका थिए। मोक्तुमलाई व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भेटघाटका लागि बालकोट पुर्‍याएका हुन्।

उनीहरुबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। भेटमा राजकुमार मुक्तमले यूएईको विकासमा नेपाली श्रमिकले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका थिए।

यस्तै मोक्तुमले अध्यक्ष ओलीलाई ‘भिजनरी नेता’ भएको भन्दै खुलेर प्रशंसा गरेका थिए। भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, नेपालका लागि यूएईका कार्यबाहक राजदूत इब्राहिम अल मेहिरीलगायतको सहभागिता थियो।

व्यवसायी प्रसाईँको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा राजकुमार मोक्तुमले झापा र पोखराको भ्रमण गरेर काठमाडौंमा ओलिसँग भेट गरेका हुन्।