प्रवासी नेपालीलाई मताधिकार : निर्वाचन आयोगमा जाँदै कांग्रेसका नेताहरू

प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था मिलाउनका नेपाली कांग्रेसको नेतृत्वमा आज निर्वाचन आयोगमा ध्यानाकर्षण गराइने भएको छ।
त्यसका लागि नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतको एउटा टोली निर्वाचन आयोगमा जाँदैछ।
गैरआवासी नेपाली संघ एनआरएनएले लामो समयदेखि दोहोरो नागरिकता र मताधिकारको माग राख्दै आएका थिए। त्यसबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र राजनीतिक दलका नेताहरूलाई बोलाएर एनआरएनएले छलफल पनि गरेको थियो।
सर्वोच्चले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउनका लागि सरकारलाई कानुन बनाउन आदेश पनि दिइसकेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर