जापानको नदीमा डुबेर दुई नेपाली बालकको निधन

जापानको एउटा नदीमा डुबेर दुईजना नेपाली बालकहरूको निधन भएको छ। राजाधानी टोकियोको हिनो सहरस्थित तामा नदीमा डुबेर उनीहरूको मृत्यु भएको स्थानीय समाचार माध्यमहरूले जनाएका छन्।

जापानी समाचार संस्था माइनिची सिम्बुनले लेखेको समाचारअनुसार घटना आइतबार अपराह्नको हो। आफ्ना अभिभावकसँग गएका उनीहरू नदी किनारामा ढुङ्गा हानेर खेलिरहेका थिए र अचानक नदीमा डुबे। ती जना बालक मध्ये एकजनालाई उद्धार पनि गरिएको थियो।

अचेत अवस्थामा नदीबाट बाहिर निकालिएका १३ र १४ वर्षका दुई बालकको भने अस्पताल पुर्‌याएपछि मृत्यु भएको हो। उनीहरूको परिचय भने खुलाइएको छैन।

तापक्रम ३०.५ डिग्रीभन्दा माथि पुगिसकेको छ र यो ठाउँमा अहिले गर्मी चढिरहेको छ।