‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्, अब दुबईमा खोल्छु ’

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्, अब दुबईमा खोल्छु ’

काठमाडौं। स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मेडिकल कलेज खोल्ने भएका छन्।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’

नेपाल भ्रमणमा रहेकादुबईका राजकुमार जुमा अल मोक्तुमले र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको भनाइ छ।