व्यवसायी दुर्गा प्रसाईँलाई दुबईका राजकुमारले दिए सुनको लौरो

व्यवसायी दुर्गा प्रसाईँलाई दुबईका राजकुमारले दिए सुनको लौरो

काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका राजकुमार जुमा अल मोक्तुमले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापाको चन्द्रगढी विमानस्थलमा ओर्लेका राजकुमारदे आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्।

बिएमसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोडका सञ्चालक प्रसाईंको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनको टोलीमा सात जना छन्।

उनले राजकुमार समक्ष काठमाडौंमा दुबईको भिसा सेन्टर सञ्चालनको प्रस्ताव गरेको श्रोतले बतायो।

उनले भिसा सेन्टर सञ्चालनका लागि नीजि कम्पनीसँग  (उनको आफ्नै) सहकार्यको प्रस्ताव गरेका हुन्।

यस्तै उनले आफ्नो व्यवसाय यूएईमा विस्तार गर्ने र त्यसको लागि सहज वातारण बनाइदिन पनि राजकुमार समक्ष प्रस्ताव गरेका छन् प्रसाईं नेपालको पानी, तरकारीलगायतका कृषिजन्य सामाग्री यूएईको बजारमा पुर्याउने योजनामा छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सरसम्बन्धी प्रयोग हुने उपकरण उद्घाटन गदैछ। राजुकमार मक्तोउमले आइतबार पूर्वाञ्चल क्यान्सर अस्पतालमा आयोजना हुने एक समारोहका बीच सेट स्क्यानर (पेटको सिटीस्क्यान गर्ने मेसिन) को औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

तीनदिने भ्रमणमा आएका उनी पोखरा पनि जानेछन्।