दुबई पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा भिजन मल्टिपर्पोज प्रालिका संचालक पक्राउ

दुबई पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा भिजन मल्टिपर्पोज प्रालिका संचालक पक्राउ

काठमाडौं । दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक समेत रहेका कार्कीले दुबई (युएई) जानको लागि ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइलिने भन्दै ठगी गरेको पिडिले जनाएका छन ।

कार्कीले मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।