विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्छौं : श्रममन्त्री श्रेष्ठ

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्छौं : श्रममन्त्री श्रेष्ठ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडिने बताएका छन्। यसका लागि गन्तब्य मुलुकका रोजगारदातासँग समेत छलफल भइसकेको मन्त्री श्रेष्ठले बताए।

‘श्रमिकले रोजगारदातालाई भुक्तानी लेबीलाई नेपालमा रहेको सामाजिक सुरक्षा कोषमा जोड्न आग्रह गरेका छौ’ उनले भने।

गैरआवासीय नेपाली संघले आयोजना गरेको नागरिकता, लगानी र बैदेशिक रोजगार बिषय सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले मलेशिया स्थित सोक्सो नामक संस्थासँग सम्झौता भइसकेको बताए। जसले मलेशियामा रहेको नेपाली कामदारलाई सामाजिक सुरक्षामा जोड्नेछ।

त्यस्तै, गत जेठ ४ गते बसेको मन्त्री परिषद्को बैठकले स्वरोजगारमा रहेको कामदारको योगदान रकम संचित गर्ने र सो रकमको लगानीको प्रतिफल संचयकर्ताले पाउने गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताए।

त्यस्तै, अहिले संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा ११८ वटा मुलुकमा नेपाली गएर काम गरि रहेका छन्। बैदेशिक ररोजगारलाई मर्यादित बनाउन मन्त्रालयको टिम नै लागेको उनले बताए। तत्काल सुधार गर्नुपर्ने काम गरेका छौ भने दिर्घकालीन सुधारका काममा पनि हामी दत्तचित भएर लागेको उनले बताए।

साथै मन्त्रालयले बैदेशिक रोजगारीमा जाँदा हप्ता लाईनमा बसेर श्रम स्वकृति लिनु पर्ने व्यवस्थालाई हटाएर पुरै अनलाईन बनाईएको मन्त्री श्रेष्ठले बताए। हालको सामाजिक सुरक्षा कोषमा ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता कोषमा आबद्ध भएका मन्त्री श्रेष्ठले जानकारी दिए। तर, यसैमा चित बुझाउने काम नभएको उनले बताए। यसको अझै प्रभावकारीताका लागि मन्त्रालय लागेको उनले बताए।

मन्त्रालयमा एक समिति गठन गरी बैदेशिक रोजगारीमा रहेकालाई कोषमा आबद्ध गर्न आवश्यक पूर्वाधारहरुको पनि तयारी हामीले गरि रहेका छ। कार्यविधि पनि तर्जुमा भै रहेको मन्त्री श्रेष्ठले बताए। पूर्वाधार तयारी भए पनि सम्बन्धित मुलुकसँग छलफल गरी कोषमा आबद्धता गराईने उनले बताए। त्यति मात्रै हैन मन्त्रालयले आगामी पाँच बर्षको लागि रणनीति समेत तयार पारेको छ। जसमा श्रमिक बिषयमा पनि परेका छन्।

मन्त्रालयले गत बैशाखमा मात्रै बैदेशिक रोजगारीको नाममा ठगिएका श्रमिकहरुको १२ करोड भन्दा बढी रकम क्षतिपूर्ति फिर्ता दिलाएको छ भने करोडौ रुपैयाँ अदालतमा दायर गरेको मन्त्री श्रेष्ठले बताए। सोझा साझा नेपालीलाई ठगेर बस्ने ठगलाई रेड कर्नर नोटिस जारी गरी नेपाल ल्याउदै गरिएको उनले बताए।



No ads found for this position