दोहोरो नागरिकता भए अर्काे पुस्ता पनि नेपालसँग जोडिन्छ : आचार्य

दोहोरो नागरिकता भए अर्काे पुस्ता पनि नेपालसँग जोडिन्छ : आचार्य

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको सुविधा प्रदान गर्न सरकारसँग आग्रह गरेका छन्।

दोहोरो नागरिकता भएमा विदेशमा रहेको नेपालीले नेपालको विकास निर्माणका लागि लगानी गर्न सहज हुने उनले बताए। त्यस्तै, दोस्रो पुस्तालाई समेत नेपालसँग जोड्न सहज हुने उनले बताए।

संघले आयोजना गरेको नागरिकता, लगानी र बैदेशिक रोजगार बिषय सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले सरकारलाई गैरआवासीय नेपालीलाई लक्षित गरी डलर खातालाई सहज बनाएको बताए।

त्यस्तै, सरकारले बैैदशिक रोजगारीमा रहेको श्रमिकलाई लक्षित गरी बैदेशिक रोजगार बचत पत्र निष्काशन गरेको बताए। सरकारले उच्च ब्याजदरमा निष्काशन गरेको सो बचत पत्र खरिद गर्न विदेशमा रहेको सबै नेपालीलाई उनले आवहन गरे।

साथै विदेशमा रहेको श्रमिकलाई आगामी संघीय निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउन समेत अध्यक्ष आचार्यले अनुरोध गरे।

सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गर्दै निर्वाचनमा सहभागी हुने व्यवस्था गर्नुपर्ने उनले बताए। साथै सरकारले बजेट मार्फत विदेशमा रहने श्रमिलाई सामाजिक सुरक्षा कोषमा जोडिने बताएको छ। यसको संघले स्वागत गरेको उनले बताए।