विदेशका नेपालीलाई पनि नेपालमा रहेका नेपालीसरह व्यवहार गरियोस् : डा. बद्री केसी

विदेशका नेपालीलाई पनि नेपालमा रहेका नेपालीसरह व्यवहार गरियोस् : डा. बद्री केसी File Photo

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई नेपालमा रहेका नेपालीसरह व्यवहार गर्न सरकारलाई आग्रह गरेका छन्।

गैरआवासीय संघले आयोजना गरेको नागरिकता, मताधिकार, लगानी र वैदेशिक रोजगार विषयमा आयोजित कार्यशालामामा बोल्दै अध्यक्ष केसीले लगानी ल्याउन अधिकतत र न्यूनतम कुनै सीमा नतोकी लगानी गर्ने वातावरण बनाउन आग्रह गरे।

गैरआवासीय नेपालीलाई सहज वातावरण बनाए राष्ट्र निर्माणका लागि विदेशी लगानी आवश्यक नपर्ने बताए। नेपालमा लगानी भित्र्याउन १० अर्बको फण्ड स्थापना गरिए पनि सरकारले सहजीकरण गर्न नसक्दा कार्यान्वयन गर्न नसकेको बताए।

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था दिनुपर्ने उनले बताए। आर्थिक, सामाजिक अधिकार सहितको एनआरएनए कार्डको व्यवस्था गर्न दलहरुको ध्यानाकर्षण गराए।

विदेशी नागरिकता लिन योग्य हुँदाहुँदै पनि नेपाली नागरिकतामै रहेको र धेरैजसो नेपाली वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेकाले मताधिकर दिनुपर्ने उनले बताए।

लगानीको नियम सुधार नभएका कारण लगानी ल्याउन समस्या भएको उनले बताए। वैदेशिक रोजगार वाध्यात्मकरुपमा जान व्यवस्था अन्त्य गर्नुपर्न उनले बताए।