यी हुन् साउदीले कालोसूचीमा राखेका व्यक्ति र कम्पनीहरू  

यी हुन् साउदीले कालोसूचीमा राखेका व्यक्ति र कम्पनीहरू  

साउदी अरबले विभिन्न देशका आठ नागरिक र ११ संघसंस्थाहरूलाई कालोसूचीमा राखेको छ।

साउदी प्रेस एजेन्सीका अनुसार त्यहाँको प्रेजिडेन्सी अफ स्टेट सेक्युरिटीले यमन र इरान समर्थित हुति विद्रोहीहरूको समर्थन गर्ने व्यक्ति र व्यापारिक संस्थाहरूलाई कालोसूचीमा राखेको हो।

हुति विद्रोहीहरूलाई आर्थिक तथा अरू सहयोग गरेको आरोपमा उनीहरूलाई कालोसूचीमा राखिएको साउदी सरकारले जनाएको छ।

र उनीहरू इन्धनको तस्करीमा पनि संलग्न रहेको साउदी सरकारको आरोप छ। यी आठमध्ये चारजना त सिधै अलकायदासँग जोडिएको साउदीको दाबी छ।

त्यस्तै कालो सूचीमा परेका व्यापारिक संस्थाहरूको मुख्यालय यमनमा छ। उनीहरूले पनि हुति विद्रोहीलाई आर्थिक सहयोग गरेको साउदीको आरोप छ।

कालो सूचीमा परेका व्यक्तिहरू :

यमन नागरिकहरू-

सालेह बिन मोहम्मद बिन हमद बिन शाजेया

नबिल बिन अब्दुल्लाह बिन अली अल वजिर

इस्माइल बिन इब्राहिम अल वजिर

कुसे बिन इब्राहिम अल वजिर

अली बिन नासिर कारसा

जैद बिन अली बिन याहिया अल शर्फी

अब्दुल्लाह बिन अबकर अब्देलबारी

सद्दाम बिन अहमद बिन मोहम्मद अल फकिह

व्यापारिक  संस्थाहरू :

सेम आयल कम्पनी फर ट्रेडिङ एन्ड आयल सर्भिसेज लिमिटेड

यमन टावर्स एन्ड ब्ल्याक गोल्ड कम्पनी

फ्यूएल आयल फर इम्पोर्ट अफ पेट्रोलिमय प्रोडक्ट्स

साल्म रोडफर ट्रेड एन्ड इम्पोर्ट

अबकार आयल सर्भिसेज

अल फकिह इन्टरनेशनल फर ट्रेड

सबा इन्टरनेशनल फर टोबाको लिमिटेड

आयल प्राइमर

यमन एबट ट्रेडिङ कम्पनी लिमिटेड

सहारे फर एक्सचेन्ज एन्ड मनि ट्रान्सफर्स