प्रशिक्षक अल–मुताइरीको स्वास्थ्य अवस्था सामान्य

प्रशिक्षक अल–मुताइरीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीको स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई अस्पतालबाट आजै डिस्चार्ज गर्ने भएको छ।

घरेलु कुवेतविरूद्ध शनिबार राती भएको खेलमा उनको प्रेसर एक्कासी ‘लो’ भएपछि टेक्निकल एरियामा दोस्रो हाफको खेल सुरु भएको चौथो मिनेटमै ढल्न पुगेका थिए। यतिबेला नेपालले दोस्रो गोल खाएको थियो। उनलाई पहिलेदेखि नै मुटुको समस्या छ भने आफूभन्दा बलियो टोलीहरू विरूद्ध खेलिरहेका अल–मुताइरीले बढी तनाव लिने गरेका थिए।

उनलाई मैदानमा अक्सिजन दिएर बाहिर निकालिएको थियो। अल–मुताइरी कुवेती नागरिक पनि हुन्। आफ्नै देशविरूद्ध एएफसी एसियन कप–२०२३ को छनोट खेल खेल्नुपर्दा उनले थप दबाब महसुस गरेको हुनसक्छ।

उनको स्वास्थ्य अवस्था सामान्य भएको टिम मेनेजर मधुसुदन उपाध्यायले बताए। ‘खेल सम्पन्न भएको केही समयपछि फोनमा कुराकानी भयो। अहिले अवस्था सामान्य छ,’ उनले भने।