यूएई जाँदै अनिता

यूएई जाँदै अनिता

काठमाडौं। नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार यूएर्इको सारजाह प्रस्थान गर्दै छिन्।

सेमिनार ११ देखि १३ जुनसम्म सञ्चालन हुने छ। पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन्। अनिताले १३ औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गरेकी थिइन्।

प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एक मात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जनाएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले अनितालाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ  गरे।