पोर्न उद्योग छोडेपछि के गर्दैछन् पोर्न स्टार ?

पोर्न उद्योग छोडेपछि के गर्दैछन् पोर्न स्टार ?

एजेन्सी । पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ? यो आम चासोको विषय छ। यो प्रश्नको जवाफ सन् २०१२ मा रिलिज फिल्म निर्माता ब्राइसी वागोनरको फिल्म ‘आफ्टर पोर्न इण्डस्’मा छ। यसको दुई सिक्वेल छन्।

यो फिल्मले पोर्न उद्योग छोडेपछि कलाकारसँग जोडिएको दुःख र सफलतालाई प्रस्तुत गरेको छ। पोर्न फिल्ममा अभिनय गर्ने कलाकारलाई अहिलेसम्म पनि पोर्न फिल्ममा आउनुपर्दाको पछुतो छैन।

जोनी केस पहिला ब्ल्याक पोर्नस्टार थिए। गरिबीलाई झेलिसकेका जोनी सेनामा भर्ना भए र त्यसपछि उनी च्याम्पियन बक्सर बने। यसपछि उनले ड्रामाको डिग्री लिए र म्युजिकल्समा स्टार बने। उनले सन् १९७२ को आइकोनिक एडल्ट फिल्म ‘बिहाइण्ड द ग्रीन डुअर’मा अभिनय गर्ने मौका पाए। जोनीले अहिले पोर्न उद्योग छोडेर छोरासँग बास्केटबल क्याम्प चलाइरहेका छन्।

अभिनेत्री चेसी लेनले डान्सरको रुपमा करियर सुरु गरेकी थिइन्। त्यसपछि उनी ट्रिपल एक्स फिल्ममा महंगी अभिनेत्री बनिन् । एडल्ट फिल्म छोडेपछि उनले आर्थिक व्यवस्थापन गर्न एस्कर्ट सेवा सुरु गरिन्। अहिले उनी पुनः विद्यालय गएर आफ्नो जिन्दगीलाई नयाँ रुपबाट अगाडि बढाउने सुरसारमा छिन्।

ब्रोडवे डान्सर र अभिनेत्री जर्जिना स्पेलभिनले कतै काम नपाएपछि एडल्ट उद्योगमा पाइला चालिन्। उनले फिल्म ‘द डेभिल इन मिस जोन्स’मा अभिनय गरेपछि उनी एडल्ट फिल्ममा सर्वकालीन सफल अभिनेत्री बनिन्। यो फिल्मपछि उनले जागिर सुरु गरिन् र अहिले उनी सेवा निवृत्त भइसकेकी छन्।

अभिनेत्री जिन्जर लिनको फिल्म ‘गर्ल नेक्सट डोर’ले उनलाई ८० र ९० दशक ट्रिपल एक्सको चिनिएको अनुहार बनायो। बिकिनी कन्टेस्टबाट करियर सुरु गरेकी उनले एडल्ट उद्योगमा राज नै गरिन्। उनी पोर्न उद्योगमा हाइपेड स्टार बनिन्। उनले अभिनय कक्षा लिइन् र ‘विंग कमाण्डर’, ‘अमेरिकन पाई’, ‘द डेविल रिजेक्ट्स’ र ‘३१’ जस्ता फिल्ममा काम गरिन्।

पेन्सिल्वेनियामा स्ट्रिपरका रुपमा आफ्नो करियर सुरुवात गरेपछि अभिनेत्री लिजा एनले पोर्न यात्राको सुरुवात गरिन्। पोर्न फिल्ममा आउनुको उनको उद्देश्य डान्सिङ करियर बनाउन थियो। उनले १५ वर्षसम्म पोर्न फिल्ममा डान्सरका रुपमा काम गरिन् । त्यसपछि उनले तत्कालीन अमेरिकी राष्ट्रपतिको उम्मेद्वार सारा पालिनको प्यारोडीमा काम गर्ने मौका पाइन्। उनी अहिले फेन्टासी स्पोर्टस् रेडियो शो चलाउछिन्।

कुनै समय सफ्ट बल स्टार बनेकी अभिनेत्री जेनी लिण्डेमुल्डरले मोडलिङ विज्ञापनका माध्यमबाट पोर्न उद्योगमा पाइला चालिन्। पोर्न करियरमा उनले एग्जोटिक डान्सरका रुपमा जबरदस्त सफलता पाइन्। विवाहका लागि उनले अवकाश लिइन्। हाल उनको एक छोरी छिन्। छोरीको कस्टडी मुद्दापछि उनलाई कर छलीको आरोप लाग्यो। जेलबाट बाहिरिएपछि जीवनलाई ट्रयाकमा ल्याउनका लागि उनले ओरिगन कोअस्टमा जाने निर्णय लिइन्।

अर्की अभिनेत्री ब्रिटनी एन्ड्रयुजले आफ्नो व्यापार चाहना पूरा गर्न पोर्न पाइला चालिन्। उनले आफ्नै भिडियो बनाइन् र त्यसको वितरणमा सक्रिय भइन्। उनले प्लेब्वाइका लागि फोटो सुट गराइन्। अहिले उनी डीजेका रुपमा लोकप्रिय छिन्।