सिईओ पदका लागि एनआरएनएमा दरखास्त आह्वान
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुटावरस्थित सचिवालयमा प्रमुख कार्यकारी निर्देशक (सिईओ) पदका लागि दरखास्त आह्वान भएको छ।
बुधवार प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार योग्य व्यक्तिहरूले आजदेखि १४ जुनभित्र दरखास्त दिन सक्नेछन् ।
यसअघि संघको सचिवालयमा राजेश राणा प्रमुख कार्यकारी निर्देशक थिए। राणाले कर्मचारी नियमावलीअनुसार ५८ वर्षको हद नाघेपछि १ बैशाखदेखि अनिवार्य अवकाश लिएका थिए।
प्रमुख कार्यकारी निर्देशक नियुक्ति गर्दा संघको कर्मचारी नियामावली र नेपालको श्रम ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रावधान छ।
एनआरएनएको सिईओ पद तलब–सुविधाका हिसावले आकर्षक मानिन्छ। तलबबाहेक अरू भत्ता तथा सुविधाहरूको पनि व्यवस्था छ।