दुबईमा सुन पसल खोलेर नेपालमा तस्करी, बाराही ज्वेलरीका सञ्चालक पक्राउ

दुबईमा सुन पसल खोलेर नेपालमा तस्करी, बाराही ज्वेलरीका सञ्चालक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार सुनसहित पक्राउ परेका सातजना मध्ये एकजना यूएईको बर–दुबईका सुनकै व्यापारी रहेको खुलेको छ।

विमानस्थलबाट सुनसहित पक्राउ परेका उनीहरूलाई दुई दिनपछि मात्रै प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूको बारेमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।

नेपालमा अवैध रुपमा भित्रिने सुनमध्ये अधिकाश दुबईबाटै हो। चर्चित ३३ किलो काण्डदेखि स्पीकर काण्ड, टर्च लाइट काण्ड, कफी मेकर काण्ड, मलद्धार काण्ड सबै दुबईबाट नै हो।

दुबईमा बसेर नेपालमा सुन तस्कर गर्ने गिरोहले नेपाली श्रमिकलाई भरिया बनाएर सुन पठाउने गरेका छन्।

यसरी सुन ल्याउने भरिया कयौं पटक पक्राउ समेत पर्दै आएका छन्। भरिया पक्राउ परेपनि उनीहरुलाई सुन बोकाउने मुख्य गिरोह भने पक्राउ पर्दैनन्।

दुबईमा सुन पसल खोलेर बसेका नेपाली व्यवसायी नै  तस्करीमा संग्लन हुने गरेको बेला–बेला खबर आउने गर्छन्।

अहिले फेरि एक जना नेपाली व्यवासायी नै सुन तस्करीको आरोपमा पक्राउ परेका हुन्। बर–दुबईमा रहेको बाराही ज्वेलरीका सञ्चालक युवराज भुसाल शनिवार पक्राउ परेका हुन्।

सुनवल–१० नवलपरासी घर भइ हाल काठमाडौंको माछापोखरीमा बस्ने भुसाल बाराही ज्वेलरीका ४ सञ्चालक मध्ये एक हुन्।

शनिवार विहान प्रहरीले भन्सार छलेर सुन ल्याउनेसहित उक्त कार्यमा संलग्न हुने गरी सातजनालाई पक्राउ गरेको थियो।

दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमार्फत सुनको पेस्ट बनाइ भन्सार छली अवैध रूपमा सुन नेपाल भित्र्याइएको थियो। प्रहरीले गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन ल्याउने सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई पक्राउ गरेको हो।

सोही गुल्मी घर भई हाल रुपन्देहीको सैनामैना–१ मा बस्दै आएका थिए भने ठकुरी बाणगंगा–०८ कपिलवस्तुका हुन्। उनीहरुले सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा लुकाएर सुन ल्याएका थिए।

उनीहरुका अन्य ५ सहयोगीलाई पनि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्ने सहयोगीहरुमा भुसालसहित निर्मला घलान, राहुल भन्ने बरूण भक्त माथेमा, लोप्साङ ग्याल्सेन, र अमन राजपुत रहेका छन्।

उनीहरुलाई विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

उडान सूचारु भएपछि दुबईबाट पुन: सुन तस्करी, कफी मेकरमा ११६५ ग्राम सुन ल्याउने युवा पक्राउ