हचुवामा साइकल लेन बनाउनु हुन्न : मेयर बालेन
फाइल तस्विर
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन्।
साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन्।
‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ। गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ। सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’
उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ।
ताजा अपडेट
प्रवास खबर
परराष्ट्रमन्त्री राणा क्यानाडा प्रस्थान
प्रवास खबर
आज विश्वकर्मा पूजा
प्रवास खबर
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रवास खबर