पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पोखरा। बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ।
न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन्। पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन्।
उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए। ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए। १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो।
१५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए। त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर