कतारमा श्रमिकलाई दिउँसोको घाममा काम लगाउन नपाइने

कतारमा श्रमिकलाई दिउँसोको घाममा काम लगाउन नपाइने फाइल फोटो

दोहा । श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कतार सरकारले गर्मी महिनामा खुला ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको छ।

कतार सरकारले आज (१ जुन) देखि आगामी १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो।

यो समयमा रोजगारदाताले खुला क्षेत्रमा काम लगाएमा कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिने दोहास्थित नेपाली दूतावासले जनाएको छ।