एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिको सचिवमा न्यौपाने

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिको सचिवमा न्यौपाने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय समितिमा सचिवको जिम्मेवारी प्रदिप न्यौपानेले पाएका छन्।

संघको एसिया प्यासिफिक क्षेत्रीय प्रथम बैठकले न्यौपानेलाई सचिवको जिम्मेवारी दिएको हो। संघको संसोधित विधानमा क्षेत्रीय स्तरमा पनि सचिव नियुक्त गर्नुपर्ने प्रावधान छ।

न्यौपाने एनआरएनए चीनका पूर्व अध्यक्ष समेत हुन्। युवा व्यवासायी न्यौपाने एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय छन्। चीन तथा नेपालमा न्यौपानेले व्यवसाय सञ्चालन गर्दै आएका छन्।

एसिया प्यासिफिक क्षेत्रबाट संचालित ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’लगायत विभिन्न सामाजिक गतिविधिमा न्यौपानेको सक्रिय भूमिका थियो । कोभिड महामारीको बेलामा विभिन्न देशका गैरआवासीय नेपालीले संकलन गरेको आर्थिक साहयताले न्यौपानले चीनबाट मह्त्वपूर्ण स्वास्थ्य सामाग्री खरिद गरेर नेपाल पठाएका थिए।

सचिवको जिम्मेवारी पाएपछि प्रवास खबरसँगको कुराकानीमा न्यौपानेले भने, ‘जिम्मेवारी अझ बढेको छ। एनआरएनए एसिया प्यासिफिक क्षेत्रका समस्या र मुद्धामा मेरो ध्यान केन्द्रीत हुनेछ।’ उनले आगामी अगष्टमा एसिया क्षेत्रको सम्मेलन थाइल्याण्डको बैंककमा आयोजना गरिएको पनि जानकारी दिए।