प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनः संरचना गर्ने भएको छ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको जानकारी दिए।

उनले किसान पेन्सन योजना सुरु गर्न ‘किसान हित कोष’ स्थापना गरिने र त्यसका लागि बिउपुँजीवापत् १ अर्ब छुट्याएको बताए। यो योजनाअन्तर्गत किसानलाई सार्वजनिक सेवामा सहुलियत दिइनेछ।