मौसम खराबका कारण बेपत्ता जहाज खोज्न मुस्किल
पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ ।
मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ।
यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ। ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर, कहाँनिर भन्ने छैन ।’
उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्था छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।
ताजा अपडेट
प्रवास खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै
प्रवास खबर