हराएको तारा एयरको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

हराएको तारा एयरको जहाज लेतेमाथि दुर्घटना भएको आशंका

पोखरा। पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन। जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ। तर, पुष्टि भएको छैन।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ। मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ। उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।