पूर्वी युक्रेनतर्फ बढ्दै रुसी सेना

एजेन्सी, किभ।पूर्वी दोनबास क्षेत्रलाई नियन्त्रण गर्न अथक प्रयासमा रहेका रुसी सेनाहरू शुक्रबार रणनीतिक सहर सेभेरोदोनेत्स्कमा पुगेका छन्।
रुस समर्थक पृथकतावादीहरूले सेभेरोदोनेत्स्क र क्रामाटोर्सकको बीचमा रहेको लिमान सहरलाइ कब्जा गरेको बताएका छन्। तिनीहरू अझै पनि कीभको नियन्त्रणमा रहेका मुख्य सहरहरूमा जाने बाटोतर्फ बढिरहेका छन्।
रुसी सेनाहरू पृथकतावादीको बाहुल्य रहेको लुगान्स्क प्रान्तको सेभेरोदोनेत्स्क र लिसिचान्स्क नजिक बढेका छन्। लुगान्स्क प्रान्त क्रामतोर्स्कमा रहेको युक्रेनको पूर्वी प्रशासनिक केन्द्रको लागि महत्वपूर्ण मार्ग हो।
यसैबीच, रूसी आध्यात्मिक अधिकारीविरुद्ध ऐतिहासिक कदममा युद्धले युक्रेनको मस्को–समर्थित अर्थोडक्स चर्चको शाखाले रूससँग सम्बन्ध तोडेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर