कतारमा प्लास्टिकको झोला प्रयोग गर्न नपाइने

दोहा। कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक लगाइएको छ।
वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो।
बुधबार बसेको कतारकाे मन्त्रिपरिषद् बैठकले प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो।
वातावरण संरक्षण र फोहोर पुन : प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो।
अब ‘सिंगल यूज प्लास्टिक ब्याग’ को सट्टा धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला बोक्नुपर्नेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर