साउदीमा झापाली समाजको सांस्कृतिक धमाका

साउदीमा झापाली समाजको सांस्कृतिक धमाका

रियाद । साउदी अरबमा झापाली समाजले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सांस्कृतिक कार्यक्रमको नेतृत्व संस्थाका कलाकार संयोजक सुजन घिमिरेले गरेको थिए। कार्यक्रममा साउदीमा कार्यरत नेपाली कलाकारले प्रस्तुती दिएका थिए।

कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव टिकाराम उपाध्याय, एनआरनए साउदी र क्रियासिल नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधि,व्यवसायी,स्थानीय कलाकारसहित ५ सयभन्दा बढीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै दूतावासका सचिव टिकाराम उपाध्ययले साउदीमा विशेष मनोरञ्जनात्मक कार्यक्रम आफूले पहिलोचोटि देखेको बताए।

यस्तै उनले यहाँ कार्यरत नेपाली श्रमिकलाई साउदीको नियमअनुसार रहेर काम गर्न आग्रह गरे।

कार्यक्रममा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले संस्थाले गरेका विवरण र संस्थाले गरेको कार्यक्रमप्रति प्रशंसा गरे।

समाजले कोभिड महामारीलगायत अलपत्र परेका नेपालीलाई हालसम्म १ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ।

कार्यक्रममा  समाजलाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो।

कार्यक्रमको संचालक अनुजा बुढाथोकी र रविन गिरीले संयुक्त रुपमा गरेका थिए।