मुख्यमन्त्री पोखरेल र भारतीय कार्यवाहक राजदूतबीच भेट

मुख्यमन्त्री पोखरेल र भारतीय कार्यवाहक राजदूतबीच भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छिन ।

कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा पोखरा आएकी हुन ।

भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ सहभागी थिए ।

उक्त अवसरमा नेपाल र भारतबीचको सम्बन्धको कुनै व्याख्या गर्न जरुरी नभएको भन्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए ।