यूएईमा पनि देखियो मंकीपक्स

यूएईमा पनि देखियो मंकीपक्स

दुबई । विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाइटेड अरब इमिरेट्स (यूएई) मा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो। यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो। भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।

पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

‘हामीले संदिग्ध बिरामीहरूको निदानको लागि सटिक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सामान्य ज्वारो आउनु, शरिरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन्।

युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।