आबुधावीमा ग्यास विष्फोट हुँदा २ जनाको मृत्यु, सयौं घाइते

आबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा सोमबार भएको ग्यास विष्फोटमा दुई जनाको मृत्यु हुनाको साथै सयभन्दा बढी घाइते भएका छन्।
प्रारम्भिक तथ्याङ्कअनुसार ६४ जनालाई सामान्य चोटपटक लागेको र ५६ जनालाई गम्भिर चोटपटक लागेको आबुधावीका अधिकारीहरूले पुष्टि गरेका छन्। घाइतेहरुलाई आवश्यक स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
अल खालिदिया क्षेत्रमा भएको सो विष्फोटबाट पसल र ६ वटा भवनमा क्षति पुगेको छ। सो घटनास्थलमा विशेषज्ञ टोलीले अपरेसन जारी राखेको आबुधावी प्रहरीले बताएको छ।
अधिकारीहरूले विस्फोटबाट प्रभावित ६ वटा आवासीय भवनबाट त्यहाँ रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको पुष्टि गरेका छन्।
भवनहरू पूर्ण रूपमा सुरक्षित नहुँदासम्म प्रभावित मानिसलाई अस्थायी आवास उपलब्ध गराउने काम भइरहेको बताइएको छ।
ताजा अपडेट

अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी

युरोपमा एनआरएनए विज्ञ सम्मेलन, ६ देश इच्छुक
