प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार आएकी थिइन्।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर