कुवेतको विमानस्थलबाट ठूलो परिमाणमा लागूऔषध बरामद

कुवेतको विमानस्थलबाट ठूलो परिमाणमा लागूऔषध बरामद

कुवेत सिटी। कुवेतको विमानस्थलमा ५ लाखभन्दा बढी लारिका चक्की र ठूलो परिमाणमा लागूऔषधको धूलोसहितका पार्सल बरामद गरिएको छ।

कुवेत विमानस्थलको हवाइ मालवाहक महाशाखाका भन्सार निरीक्षकले चीनबाट तस्करी गरी ल्याएको ५ लाख १७ हजार लारिका चक्की र ७५ केजी लागूऔषध पाउडरसहितका ८ वटा पार्सल बरामद गरेका हुन्।

लागूऔषध एयर फ्रेट कम्पनीमार्फत तस्करी गरिएको थियो। बरामद गरिएको सो लागूऔषधको बजार मूल्य १० लाख कुवेती दिनार बराबर हुने बताइएको छ।

भन्सार विभागले इद उल फित्रअघि सो ढुवानीको निगरानी गरेको थियो। सो लागूऔषध कुवेत नपुग्दासम्म ट्रयाक गरिएको हो।