बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन्।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको बताएकी छन्।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।

बुधबार भिडियो क्लीप सार्वजनिक भएपछि गृहमन्त्रालयले त्यसमा चासो देखाएको थियो । त्यसपछि प्रहरी प्रधानकार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको छ।