दुबई प्रहरीको हिरासतमै ‘डेलिभरी व्वाय’ले खानामा लागूऔषध मिसाएर पठाएपछि…

दुबई प्रहरीको हिरासतमै ‘डेलिभरी व्वाय’ले खानामा लागूऔषध मिसाएर पठाएपछि… File Photo

दुबई । खानामा लागूऔषध मिसाइ पुर्याइदिने गरेका एक ‘डेलिभरी व्वाय’ दुबईमा जेल चलान भएका छन्।

दुबईको एक प्रहरी स्टेशनमा रेस्टुरेन्टबाट डेलिभरी गरी पठाएको अर्डरमध्ये एउटामा लागूपदार्थ रहेको पत्ता लागेसँगै ती व्यक्तिलाई पक्राउ गरिएको हो। ती ‘डेलिभरी बाय’ले प्रहरी स्टेशनमा थुनिएका धेरै व्यक्तिहरूको लागि खाना पुर्याउने क्रममा प्रहरी अधिकारीले एउटा खानामा लागूपदार्थ फेला पारेका हुन्।

अनुसन्धानका क्रममा ‘लागूऔषधयुक्त’ खानेकुरासहित अभियुक्तलाई भेटिएको थियो। उनलाई यसअघि लागूऔषध मुद्दामा २ हजार दिराम जरिवाना गरिएको थियो।

उनलाई दुबईको सार्वजनिक अभियोजन कार्यालय र त्यसपछि फौजदारी अदालतमा पठाइएको थियो। त्यहाँ उनलाई एक वर्षको जेल सजाय सुनाइएको थियो।

नजिकैको क्याफेटेरियाबाट एक एसियाली मूलका ‘डेलिभरी व्वाय’ले आठवटा खाना लिएर आइपुगेका थिए। प्रहरीसँग काम गर्ने अरेवियन मुलका नागरिकले ती व्यक्ति लागूऔषधमा संलग्न भएको बताएका थिए।