साउदीस्थित नेपाली दूतावासको ‘सेल्टर’बाट बेपत्ता साह भेटिए, नेपाल ल्याउने तयारी

साउदीस्थित नेपाली दूतावासको ‘सेल्टर’बाट बेपत्ता साह भेटिए, नेपाल ल्याउने तयारी

काठमाडौं। साउदीको रियादस्थित नेपाली दूतावासको सेल्टरबाट बेपत्ता भएका रौतहटका सन्तोष साह कानु भेटिएका छन्।

साह मंगलबार फेला परेको उनका दाजु सञ्जय कुमार साहले प्रवास खबरलाई जानकारी दिए। ‘भाइ भेटिएको भन्ने दूतावासबाट भर्खरै खवर आयो। आजै राती उसलाई नेपाल झिकाउने तयारीमा छौँ,’ साहले भने ।

साह गत १९ अप्रिल रातिको साढे ९ बजेदेखि बेपत्ता थिए। साह रियादको बथा भन्ने ठाउँमा नेपाली दूतावासले नै व्यवस्थापन गरेको सेल्टरबाट हराएका थिए।

डिप्रेसनको सिकार भएका साह कसैसँग पनि बोल्दैन्थे। उद्धार गरेर दूतावासको सेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला साह हराएका थिए।

सेल्टरबाटै उनी हराएपछि रियादस्थित दूतावासको सुरक्षा संवेदनशीलताका बारेमा समेत प्रश्न उठेको थियो।

‘फेसबुकमा राखिएको फोटोका आधारमा नेपालीले फेला पारेका रहेछन्। अहिले उसलाई ल्याउन दूतावासले गाडी पठाएको छ रे । मलाई टिकट पठाउन भन्नु भएको छ,’ दाई सञ्जयले भने। उनलाई नेपाल एयरलाइन्सको उडानमार्फत मंगलबार राती नेपाल ल्याइँदैछ।

रियादस्थित नेपाली दूतावासमा सुरक्षा ‘लापरबाही’, सेल्टरबाट बेपत्ता भएका साह अझै भेटिएनन्



No ads found for this position