नेपालका अपराधी विदेशमा पक्राउ, २६ अभियुक्तलाई नेपाल ल्याइयो

काठमाडौं । नेपालमा विभिन्न किसिमका अपराधमा संलग्न व्यक्तिहरु विदेश फरार हुने गरेको पाइएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार नेपालमा हत्या, बलात्कार, हातहतियार जस्ता अपराधिक कार्यलयमा संलग्न भएका व्यक्तिहरु कानूनी सजायबाट बच्नका लागि विदेश भाग्ने गरेको पाइएको हो। नेपालको वैदेशिक रोजगार क्षेत्र अति नै फितलो हुँदा यस्ता अपराधी सजिलै फरार हुने गरेका हुन्।
तर, नेपाल प्रहरीले यस्ता अपराधीलाई पक्राउ गरी नेपाल ल्याउन सफल भएको छ। इन्टरपोलको समन्वयमा प्रहरीले यस्ता अपराधीलाई पक्राउ गर्न सफल भएको हो। नेपाल प्रहरीको तथ्यांक अनुसार विगत पाँच वर्षको अवधिमा नेपाल प्रहरीले २६ जना अपराधीलाई नेपाल डिपोर्ट गर्न सफल भएको छ।
सन् २०२२ मात्रै नेपाल प्रहरीले चार जना अपराधीलाई नेपाल डिपोर्ट गरेको छ। हत्या गरी फरार भएका एक अपराधीलाई नेपाल प्रहरीले साउदी अरवबाट पक्राउ गरी नेपाल ल्याएको छ। हत्या नै गरी फरार भएका अर्को एक जनालाई बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सोही खालको अपराध गरी कतार पुगेका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ। सुन तस्करीमा संलग्न अर्का एक जनालाई प्रहरी अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
सन् २०२१ मा भने दुई जना अपराधीलाई नेपाल प्रहरीले नेपाल डिपोर्ट गरेको थियो । हत्या गरी फरार भएका एक जनालाई प्रहरीले यूएईबाट पक्राउ गरेको थियो भने बैकिङ्ग कसुरमा संलग्न फरार अपराधीलाई प्रहरी पोर्चुगलबाट पक्राउ गरेको थियो ।
सन् २०२० मा सुन तस्करीमा संलग्न एक जनालाई प्रहरीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट नै पक्राउ गरेको थियो।
सन् २०१९ पनि चार जना अपराधीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो। मानव बेचबिखन गरी फरार भएका एक जनालाई थाइल्याण्डबाट, साइवर क्राइमका फरार अपराधीलाई गंगबु, बैकिङ्ग कसुर गरी फरार एक जनालाई विमानस्थलबाट र अर्को एक बलत्कार र हत्यामा संलग्न अपराधीलाई प्रहरीले अमेरिकाबाट पक्राउ गरेको थियो।
सन् २०१९ मा भने नेपाल प्रहरीले नौ जना अपराधीलाई पक्राउ गरी डिपोर्ट गरेको थियो । हत्या, जंगली जनावर ओसारपोसार, मानव बेचबिखन, बलात्कार, वैदेशिक रोजगार ठगी, सुन तस्करी, हत्यामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यस्ता अपराधीलाई यूएई, कतार, भारत, कुवेत र विमानस्थलबाट समेत पक्राउ गरेको थियो।
सन् २०१७ मा भने हत्या, सुन तस्करी र अपहरण जस्तो अपराधमा संलग्न फरार अपराधीलाई पक्राउ गरेको थियो । साउदी अरब र यूएईबाट यस्ता अपराधीलाई प्रहरीले पक्राउ गरेको हो।
५ चाइनिज र एक कोरियनलाई डिपोर्ट
नेपालमा अपराध गरी फरार भएका अपराधीलाई मात्रै हैन नेपाल प्रहरी अन्य मुलुकमा अपराध गरी नेपालमा भित्र आश्रय लिइरहेका अपराधीलाई समेत पक्राउ गरी सम्बन्धित मुलुकलाई बुझाएको छ । प्रहरीको तथ्यांक अनुसार पाँच चाइनिज र एक कोरियन नागरिकलाई पक्राउ गरी नेपाल सरकारले डिपोर्ट गरेको हो।
सर्वसाधरणबाट रकम जम्मा गरी भागेका एक अपराधीलाई नेपाल प्रहरी पक्राउ गरी चाईनिज सरकारलाई बुझाएको छ । लागूऔषध सम्बन्धी गतिविधिमा संलग्न भएका एक जनालाई पक्राउ गरी नेपालले कोरियन सरकारलाई बुझाएको छ । आर्थिक गतिविधिमा संलग्न, ठगी, तोडफोड र फिरौतीमा संलग्न अपराधीलाई पक्राउ गरी चाइनिज सरकारलाई बुझाएको थियो।
ताजा अपडेट
