डा. सापकोटा नेतृत्वको एनआरएनए स्वास्थ्य समिति विस्तार

डा. सापकोटा नेतृत्वको एनआरएनए स्वास्थ्य समिति विस्तार

काठमाडौं। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए/आइसीसी) अन्तरर्गतको स्वास्थ्य समिति विस्तार गरिएको छ ।

समितिका संयोजक डा. संजिव सापकोटाले आइतवार १५ सदस्सीय समितिको गठन गरेका हुन्।

समितिको सदस्य सचिवमा बेलायबाट डा सुनिल शाह चयन भएका छन्। यस्तै समितिको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा एलिजा केसी (जापान), ओसियिना क्षेत्रीय संयोजकमा डा. राजु अधिकारी (अष्ट्रेलिया), अफ्रिका क्षेत्रिय संयोजकमा डा पुष्पराज भट्टराई, (दक्षिण अफ्रिका) अमेकिाज क्षेत्रीय संयोजकमा प्रकाश श्रेष्ठ (अमेरिका), युरोप क्षेत्रीय संयोजकमा डा बोधराज सुवेदी (चेक रिपव्लिका) र मध्यपूर्व क्षेत्री संयोजकमा डा नितेश अर्याल (कतार) चयन भएका छन्। त्यसैगरी डा सागर पौडेललाई नेपाल संयोजकको जिम्मेवारी दिइएको छ।

यस्तै समितिको सदस्यहरुमा प्रभात अधिकारी (नेपाल), डा शर्मिला गुरुङ, (हङकङ), रीना केसी (अष्ट्रेलिया), डा. सरोज निरौला (क्यानडा), डा. लुसुन चालिसे (जापान) र प्रसुना कँडेल (बेलायत) रहेका छन्।

समितिको सल्लाहकारमा संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा (बेलायत), यासमिन बेगम सैयद (साउदी अरब) र अमेरिका निवासी महासचिवद्धय गौरीराज जोशी, केशव पौडेल चयन भएका छन्।

समितिको मिडिया संयोजकको जिम्मेवारी चिरन शर्मालाई दिइएको छ।