कुवेतबाट ५० यात्रु बोकेर आएको जजिरा एयरको जहाज भैरहवामा अवतरण

कुवेतबाट ५० यात्रु बोकेर आएको जजिरा एयरको जहाज भैरहवामा अवतरण

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ। कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो।

विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो। साताको ३ दिन जजिरा एयरलाइन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

जजिरा एयरलाइन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाइ बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ। जुलाइदेखि जजिराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ।

सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिव १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ।

पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ ।

पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन्।