मेरो भ्रमणको उद्देश्य नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु हो : प्रम मोदी

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन ।
वक्तव्यमा उनले “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,” भनेका छन ।
प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन । प्रधानमन्त्री देउवाको निमन्त्रणामा उनी भोलि विशेष विमानबाट यहाँ आउँदै छन ।
ताजा अपडेट
