बाढीका कारण आसाममा तीनजनाको मृत्यु, झण्डै २५ हजार मानिस प्रभावित

बाढीका कारण आसाममा तीनजनाको मृत्यु, झण्डै २५ हजार मानिस प्रभावित

गुवाहाटी । असाममा यस बर्ष आएकोे बाढीका कारण राज्यका छ जिल्लाका करिब २५ हजार मानिस प्रभावित भएका छन् । दिमा हासाओ जिल्लाको हाफलोङ क्षेत्रमा शनिबार भएको पहिरोमा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

आसाम र छिमेकी राज्यहरूमा अविरल बर्षापछि मेघालय र अरुणाचल प्रदेशमा विगत दुई दिनमा विभिन्न नदीहरुको पानीको सतह बिस्तारै बढ्दै गएको र कोपिली नदीको पानी खतराको स्तरभन्दा माथि बगिरहेको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसिडिएमए) को बाढीसम्बन्धी रिपोर्ट अनुसार मे १४ गतेसम्म छ जिल्लाका ९४ गाउँमा कुल २४ हजार ६८१ जना को मृत्यु भएको छ ।

बाढीको पहिलो असर काचर, धेमाजी, होजय, कर्बी आङलोङ पश्चिम, नागाँ र कामरुप (मेट्रो) मा परेको रिपोर्टमा उल्लेख छ । बाढीप्रभावित जिल्लाहरुमा बाढीको पानीले १७३२.७२ हेक्टर क्षेत्रफललाई डुबानमा पारेको छ । कचर गाउँपालिकामा मात्रै २१ हजारभन्दा बढी प्रभावित भएका छन् ।

सेना, अर्धसैनिक बल, एसडिआरएफ, अग्नि र आपतकालीन सेवाले शनिबार काचर जिल्लाको बाढी प्रभावित क्षेत्रबाट २५० जनाको उद्धार गरेको बताइएको छ । बाढीले नागाउं गाउँपालिकाको लखिमपुरस्थित होजाईमा विभिन्न सडक, पुल र सिँचाइ नहरमा क्षति पुगेको बताइएको छ ।