आत्महत्याअघि फेसबुकमा सञ्जुले सेयर गरेको त्यो भिडियो

आत्महत्याअघि फेसबुकमा सञ्जुले सेयर गरेको त्यो भिडियो

काठमाडौं । भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिएको समाचारले एकाबिहानै सबैतिर तरंग पैदा गरायो। एसियाली खेलकुदको तयारीका क्रममा रहेकी उनको मृत्यु अकल्पनीय थियो। खेलाडी तथा प्रशंसकहरु उनको त्यो मृत्युलाई आश्चर्यजनक मानिरहेका छन्। सम्पूर्ण खेल क्षेत्र नै स्तब्ध भएको छ।

उनी नेपालकी एक सफल खेलाडी हुन्। १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा महिलातर्फको भारोत्तोलनमा उनले देशलाई स्वर्ण पदक दिलाएकी थिइन्। हालसम्म कुनै नेपाली महिलाले यो विधामा स्वर्ण जित्न सकेका थिएनन्।

एकाबिहानै दुखद खबरमा कसैले विश्वास नै गर्न सकेका छैनन्। घाँटीमा सलको पासो लगाइएको अवस्थामा उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा मृत भेटिएकी छन्। प्रहरीको प्रारम्भीक अनुसन्धानले आत्महत्या हुनसक्ने बताएको छ।

प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका(९ लुभुमा उनी प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी थिइन्।

सोमबार राति सञ्जुले आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेकी छन्। त्यो भिडियो उनले आत्महत्या गर्नु केही मिनेटअघिमात्र सेयर गरेको हुनसक्ने प्रहरी बताउँछ। उक्त भिडियोमा लभ इमोजी पनि राख्दै सेयर गरेर उनले क्याप्सनमा लेखेकी छन्, ‘मिसिङ यू लभ’।

भिडियोमा युवतीले रुँदै केटालाई ‘तुम मुझे छोड तो नही दोगे ना’ भनेर सोधेकी छन्। जवाफमा केटाले ‘क्या कहाँ दुवारा कहो तो’ भन्दै माया देखाउँछन्। उनले अगाडि यस्तो कुरा फेरि आफ्नो मुखबाट ननिकाल्न पनि भन्छन्।

यो भिडियो पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को हो। यहाँ ति युवतीले परिवारको दबाबमा आएर आफूलाई छोड्न पो हौ कि भन्ने शंकासहितको आफ्नो मनको कुरा राखेकी हुन्छिन्। भिडियो १ मिनेट २३ सेकेन्डको छ।

भिडियो हेर्दा प्रेम सम्बन्धकै कारण उनले आत्महत्या गरेकी हुन् कि भन्ने आशंकासमेत प्रहरीले गरेको छ।